नेपालमा एकैदिन थपिए १०३९ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।