काठमाडौं उपत्यकामा २४ घन्टामा थपिए ५९७ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना गरी जम्मा ५९७ जना संक्रमित थपिएका छन् ।