धरानमा कोरोना संक्रमित पुरूषको मृत्यु

विराटनगर । मोरङका कोरोना भाइरस संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति ८ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए ।

उपचारका लागि प्रतिष्ठान भर्ना गरिएका उनमा यही भदौ २६ गते संक्रमण पुष्टि भएको थियो । अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मृतकमा कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानका प्रवक्ता डा।सापकोटाले बताए । प्रतिष्ठानमा आइतबार नै विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको थियो ।