पछिल्लो २४ घण्टामा काठमाडौमा मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौमा मात्रै एक महिलासहित ६ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार काठमाडौमा ६१ वर्षीया महिलासहित ५ जना पुरुषको ज्यान गएको हो । कोरोनाबाट ज्यान जाने पुरुषहरुमा ७७,६२,७३,८५ र ७० वर्षका छन् ।

यो सहित पछिल्लो २४ घण्टामा ज्यान जानेहरुको संख्या १५ रहेको छ । सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।