स्वास्थ्य सामाग्रीको आपूर्ति गर्न नसकेको ओम्नी ग्रुप एक वर्षका लागि कालोसूचीमा

काठमाडौं । स्वास्थ्य सामाग्रीको आपूर्ति गर्न नसकेको ओम्नी ग्रुप कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी ग्रुप अन्तर्गतको ओबीसीआई प्राइभेट लिमिटेडलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो । स्वास्थ्य सेवा विभागको सिफारिसमा सो कम्पनीलाई कारबाही गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेसँगै सो कम्पनीले २०२१ अगष्ट १३ सम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैन ।

ओम्नीसँगै अन्य ४ कम्पनीहरु पनि कालोसूचीमा परेका छन् । बत्तिसपुतलीको बिटी निर्माण सेवा, चाल्नाखेलको टौदह कन्स्ट्रक्सन, दोलखाको फस्कु निमार्ण सेवालाई संघीय सडक सुपरीवेक्षण तथा डिभिजन कार्यालय दाङको सिफारिसमा कालोसूचीमा राखिएको हो । त्यस्तै, ताप्लेजुङको अरुण कन्स्ट्रक्सनलाई आठराई त्रिवेणी गाउँपालिकाको सिफारिसमा कालोसूचीमा राखिएको छ ।