कोरोना संक्रमणबाट ३३ वर्षीया महिलाको मृत्यु

सिरहा । सिरहामा थप एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर घर भएकी ३३ वर्षीया महिलाको ज्यान गएको हो ।

लामो समय देखि ज्वरो आइरहेको उनी जनकपुरस्थित काब्या अस्पताल जनकपुरमा भर्ना भएकी थिइन् । अस्पतालमै पीसीआर परीक्षण गर्दा ती महिलालाई कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।

उपचारकै क्रममा उनको आइतबार साँझ ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादबले जानकारी दिए। सिरहामा कोरोना भइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११पु गेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।