चितवनमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण

चितवन । चितवनमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

  1. भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् ।

भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २ पुरूष र २ महिला गरी ४ जना र कालिकाका ५ पुरूष र २ महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा १ वर्षीय बालकदेखि ३८ वर्षका पुरूषसम्म छन् ।