विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख २२ हजार

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ९ लाख २२ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख २२ हजार २५२ को पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ७७१ संक्रमितको ज्यान गएको छ ।