कोरोना अपडेट : कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ८९ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार २५७ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख २२ हजार २५२ को मृत्यु भइसकेको छ ।