२४ घण्टामा विश्वमा कोरोनाले ४ हजार ७७१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ४ हजार ७७१ को मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ५ हजार ५३६ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख २२ हजार २५२ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या २ करोड ८९ लाख १८ हजार ९०० पुगेको छ ।