भारतमा २४ घण्टामा ९२ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ७१ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ९४ हजार ३७२ कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा १ हजार १३६ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा हालसम्म ४८ लाख ४६ हजार ४२७ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ हजार ७२२ पुगेको छ ।

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

९६ हजार ५५१ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।

भारतमा १ अर्ब ३८ करोड जनसंख्या छ ।