उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार कोरोना रिपोर्ट पोजिटिभ आएसँगै उपकुलपति गिरी होम आइसोलेशनमा बसेका छन् ।

कोरोना संक्रमण भए पनि आफूमा कुनै लक्षण नदेखिएको उनले जनाएका छन् ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गरेर साबधानी अपनाउन आग्रह पनि गरेका छन् ।