पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकाबाट ११ जनाको मृत्यु

हालसम्म ज्यान गुमाउनेको संख्या ३७१ पुग्यो

काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।