वीपी स्वास्थ्य प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

सुनसरीको धरान–१७ का ७० वर्षीय वृद्धको मंगलबार दिउँसो २ः२० बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र श्वास प्रश्वासमामा समस्या देखिएपछि भदौ २७ गते उनलाई प्रतिष्ठानमा भर्ना गरिएकोमा भदौ २८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको डा.सापकोटाले बताए ।

डा.सापकोटाका अनुसार उनी उच्च रक्तचापका बिरामी समेत थिए ।