कात्तिक १ गतेदेखि विदेशीलाई नेपाल आवागमन खुला

काठमाडौं । सरकारले कात्तिक १ गतेदेखि हिमाल आरोहण र पदयात्राका लागि नेपाली आउने विदेशी पर्यटकलाई आवागमन खुला गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै सो प्रयोजनका लागि नेपाल आउन चाहने पर्यटकलाई आवागमन खुला गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपाल आउन चाहन विदेशी पर्यटकले सम्बन्धित देशमा रहेका नेपाली दूतावाससँग समन्वय गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै सरकारले असोज १ गतेदेखि नै होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा यससँग सम्बधित व्यवसाय सञ्चालन गर्न सकिने उनको भनाइ थियो