विश्व कोरोना अपडेट : संक्रमितको संख्या २ करोड ९१ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ९१ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार १४ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख २६ हजार ५४४ को मृत्यु भइसकेको छ ।