२४ घण्टामा विश्वमा कोरोनाले ४ हजार २४५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ४ हजार २४५ को मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार ८१८ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख २६ हजार ५४४ जनाको मृत्यु भइसकेको छ ।संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ ।