देशभर एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १०, ४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने ४१ हजार ७०६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।