आज बिहिबार असोज १ गतेको राशिफल

आज तपाइको दिन कस्तो रहने छ ? कुन कुन राशिफल भएकोले के के गर्न हुन्छ ?

हेर्नुहोस आजको रााशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । बिद्यामा सफलता पाउँन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नवढाउदा राम्रो हुनेछ । माया प्रेममा विस्वासको वातावरण बढेर जानेछ । भौतिक सम्पतीको पूजा तथा सरसफाईमा ध्यान जानेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रयत्न गर्दा महत्पपूर्ण कामहरु सम्पादन हुनेछन् । पछी सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ । भौतिक सम्पतीको पूजा तथा सरसफाईमा ध्यान जानेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । भौतिक सम्पतीको पूजा तथा सरसफाईमा ध्यान जानेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त तथा कुटुम्वसँग व्यावहार गर्दा वा कुनैपनि कामगर्दा सावधानि अपनाउनु होला कामहरु बिग्रने तथा मनमुटाव पैदा हुनसक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । भौतिक सम्पतीको पूजा तथा सरसफाईमा ध्यान जानेछ ।

 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्र्ईँँले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । धार्मिक कार्य प्रति रुचि जाग्नेछ भने भौतिक सम्पतीको सरसफाईमा ध्यान जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तरपनि बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ । तरपनि धार्मिक कार्य प्रति रुचि जाग्नेछ भने भौतिक सम्पतीको सरसफाईमा ध्यान जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पतीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्वन्धीत कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । भौतिक सम्पतीको पूजा तथा सरसफाईमा ध्यान जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भनेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिडी चड्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई विस्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । भौतिक सम्पतीको पूजा तथा सरसफाईमा ध्यान जानेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ । तरपनि यात्रा गर्दा ध्यान दिनुहोला ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भौतिक सम्पतीको पूजा तथा सरसफाईमा ध्यान जानेछ । स्वास्थ्य सबल हुनाले उपलव्धी मुलक कामहरु गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरीएको लगानीबाट भनजस्तो नतिजा आउँने हुदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगती गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुनेसमय रहेकोछ भने दिदि बहिनीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आकस्मिक धन प्राप्तीको योग रहेकोछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ । पढाइ लेखाइमा मन अली बढी समय लगानी गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्का विच मिलेर अगाडि बढ्न सकिनेछ । तरपनि भौतिक सम्पतीको पूजा तथा सरसफाईमा ध्यान जानेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसायमा लगानी गरी आर्थिक स्थिती उकास्न सकिनेछ । कुनैपनि क्षेत्रमा आउने प्रतिस्पर्धीहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुने तथा न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् । पढाइमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि भेटिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउन सकिनेछ । भौतिक सम्पतीको पूजा तथा सरसफाईमा ध्यान जानेछ ।