विश्वभर २४ घण्टामा कोरोनाले ४ हजार ५२० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ४ हजार ५२० जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार २४५ को मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ३१ हजार ३२१ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको छ ।