कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख ३१ हजार

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख ३१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख ३१ हजार ३२१ संक्रमतिको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५२० संक्रमितको ज्यान गएको छ ।