चितवनमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण

चितवन । चितवनमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् ।

भरतपुर अस्पतालले बुधबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका एक पुरूष र एक महिला तथा खैरेनीका दुई पुरूषमा संक्रमण पुष्टि भएको हो ।