खगेन्द्र विश्वकर्माको ‘रुमाल बोहनी’ लोकप्रिय बन्दै

Rumal Bohani रुमाल बोहनी | Khagendra Bishwokarma & Tika Pun | New Lok  Dohori Song 2076 - YouTube

काठमाडौं । गायक खगेन्द्र विश्वकर्माको ‘रुमाल बोहनी’बोलको गीत बजारमा आएको छ ।

खगेन्द्र विश्वकर्मा र टीका पुनको स्वर रहेको उक्त गीतमा शब्द र संगीत लोकेन्द्र जी.सी कुमारको रहेको छ ।

कमल सौरागको संगीत संयोजन रहेको उक्त गीतलाइ मारुनी स्टुडियो रेर्कडिङ गरिएको हो ।

रक कौशलले खिचेको उक्त भिडियोमा शिव बिकको निर्देशन रहेको छ भने माधव श्रेष्ठ कोरियोग्राफी रहेको छ ।

अस्मिता जुरेली, रमेश थापा,लोमश शर्मा,अर्जुन गौतम र आरके परियारको अभिनय रहेको भिडियोलाइ पदम सुवेदीको सम्पादन रहेको छ ।
‘खगेन्द्र विश्वकमा’ यूट्यूब च्यालबाट बजारमा आएको भिडियोले दुई लाख भन्दा बढि भियूज कमाइसकेको छ ।

भिडियो हेर्नुहोस :