देशभरका मन्दिर खोल्न माग गर्दै प्रदर्शन

काठमाडौं । पशुपति मन्दिर लगायत देशभरका हिन्दू मन्दिरहरू खोल्न माग गर्दै बिहीबार पशुपति क्षेत्रमा प्रदर्शन गरिएको छ ।

लामो समयसम्म मन्दिरहरू बन्द हुँदा हिन्दु धर्मावलम्बीहरूलाई समस्या भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर खोल्न माग राखेर शिवसेना नेपालले प्रदर्शन गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मठमन्दिर खोल्न अझै प्रतिबन्ध लगाएको छ । तर शिव सेना नेपालले प्रदर्शन गरेपछि त्यसलाई रोक्न खोज्ने क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारी बीच घम्साघम्सी समेत भएको थियो ।