पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

काठमाडौं । रुपन्देही देवदह नगरपालिका–३ स्थित हात्ती डाँडामा निर्माणधिन सिँचाइको ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनौल नगरपालिका–७ बस्ने करिव १५ वर्षिय करण राना रहेका छन् । सिँचाइको ड्याममा बिहीबार पौडी खेल्ने क्रममा राना डुबेर बेपत्ता भएका थिए ।

डुबेर किशोर बेपत्ता भएको सूचना पाए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफको टोलीले उनको खोजीकार्य गरेको थियो । खोजी गर्ने क्रममा उनको शव सो ठाउँ नजिकै फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।