मुग्लिन–नारायणगढ सडक फेरि आज पनि अबरुद्ध

चितवन । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ । 

आज बिहान करिब ५ः४० बजेतिर सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको हो । चितवन भरतपुर–२९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानमा पहिरो खसको छ ।

पहिरो हटाइ बाटो खुलाउन करिब ३ घण्टाभन्दा बढी समय लाग्ने पनि प्रहरीले जनाएको छ । पहिरोले दैनिकजसो मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध हुँदै आएको छ ।