आजको मौसम : ४ वटा प्रदेशमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।

यसैगरी, प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।