स्टोक सिटीसँग वुल्भ्स १–० गोलले पराजित

स्टोक सिटीसँग वुल्भ्स पराजित

एजेन्सी । कारावाओ कप फुटबलमा स्कोट सिटीसँग वुल्भ्स पराजति भएको छ । बिहीबार राति भएको खेलमा वुल्भ्स सिटीसँग १–० गोलले पराजति भएको हो ।

वुल्भ्सको घरेलु मैदनमा भएको खेलको पहिला हाफ गोलरहित बराबरीमा सकिदाँ सिटीले दोस्रो हाफमा अग्रता लिएको थियो । सिटिको जितका लागि खेलको एक मात्र निर्णायक गोल ज्याकोव ब्रुवनले गरे ।

ब्रुवनले खेलको ८६ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनको गोलका लागि स्टेभिन फ्लेटचरले पास उपलब्ध गराएका थिए । त्यसपछि दुबै टोलीबाट गोल नहुँदा खेलमा सिटीले १–० को संघर्षपूर्ण जित निकालेको हो ।

जितसँगै सिटी कारावाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ । बिहीबार राति नै भएको अर्को खेलमा ब्राइटनले पोर्टस्माउथलाई पराजित गरेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा पोर्टस्माउथ ४–० को फराकिलो अन्तरले पराजति भएको हो ।