कुलमानको पक्षमा प्रदर्शन गर्ने व्यक्तिमाथि प्रहरीलेद्वारा निर्घात कुटपिट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने व्यक्ति घाइते भएका छन् ।

अनामनगरका मनिष श्रेष्ठ माइतीघरमा प्रहरीले कुटपिट गर्दा घाइते भएका हुन् ।

प्रदर्शनमा सहभागी बद्रिप्रसाद ढुंगानाले बताएअनुसार प्रहरीको कुटाइबाट घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले भने प्रदर्शनका क्रममा लडेर श्रेष्ठ घाइते भएको दाबी गरेका छन् ।

  शुक्रबार नै बानेश्वरमा पनि प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा आएको प्रहरीले संविधान दिवसको सन्दर्भमा प्रतिक्रिया दिइरहेका सर्वसाधारणलाई लाठी हानेको थियो । 

यसअघि बिहीबार पनि प्रहरीले माइतीघरमा १०० समूहका युवा अभियन्ता बब्लु गुप्तालाई कुटपिट गरेको थियो ।