रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको अवार्ड जितेका

एजेन्सी– इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिसटिक्स (आईएफएफएचएस) सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् ।

रोनाल्डोले सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै पाँचौपटक यो अवार्ड जितेका हुन् ।

रोनाल्डोले यसअघि २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए ।

३५ वर्षीय रोनाल्डोले २०१९ मा १० अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका थिए ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले सन् २०२० को सेप्टेम्बर दोस्रो साता मात्रै पोर्चुगलका लागि १०१ अन्तर्राष्ट्रिय गोल पुरा गरेका थिए ।

उनले १६५ खेलमा शतकीय गोल पुरा गर्दै विश्व फुटबलमा १ सय गोल पुरा गर्ने दोस्रो खेलाडी बनेका थिए ।

उनीभन्दा अघि इरानका अली दाई १०९ गोल अगाडि रहेको छ ।

२०१९ मा इंग्ल्यान्डका ह्यारी केन (१९०, इंग्ल्यान्डकै रहिम स्टर्लिङ ९१७) र पोल्यान्डका रोबर्ट लेवान्डोस्की ९१६० अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

गतवर्ष अल्जेरिया तथा कतारी क्लब अल सादका बागदाद बोउनेदजाहले यो अवार्ड हात पारेका थिए ।

आईएफएफएचएस सर्वाधिक गोलकर्ताको अवार्ड क्लब र देश दुवैको लागि एक क्यालेन्डर वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीलाई प्रदान गर्ने गर्दछ ।

यसमा महादिपीय प्रतियोगिता (युइएफए च्याम्पियन्स लिग र कोपा लिबर्टाडोरस) का साथै उनीहरुको अन्तर्राष्ट्रिय प्रतियोगितासँगै राष्ट्रिय टोलीबाट गरेको गोललाई गणना गर्ने गरिन्छ ।