नेकपाले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने

2020-09-20_NCP-secretariat-Perisdanda.jpg (1100×532)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आइतबारबाट सुरु भएको सचिवालय बैठकमा एजेन्डाकै रूपमा यसले प्रवेश पाएको छ । तेस्रो नम्बरको कार्यसूचीमा रहेको एजेन्डामा नेकपाका केन्द्रीय सदस्यहरूलाई मासिक रूपमा पारिश्रमिक वापत् सुविधा उपलब्ध गराउने विषय रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

साविक नेकपा (एमाले)ले राजकीय जिम्मेवारीमा नरहेकाहरूलाई निर्वाह खर्च भनेर मासिक १० हजार रुपैयाँ दिने गर्थ्यो । नवौं महाधिवेशनपछि पनि एमालेले यसलाई निरन्तरता दिएको थियो । एकीकरणपछि यो क्रम टुटेको थियो ।

“राजकीय, संवैधानिक पदमा नरहेका, व्यापार व्यवसायमा आवद्ध नभएका र विशुद्ध पार्टी काम (होलटाइमर) रहेकाहरूलाई तत्कालीन एमालेले पार्टीले कोषबाट निर्वाह खर्च उपलब्ध गराउने गर्थ्यो । एकीकरणपछि दिएको थिएन,” केन्द्रीय सदस्य नीरज आचार्यले भने ।

साना कम्युनिस्ट पार्टीहरूले पनि नियमित रूपमा सदस्यहरूलाई मासिक खर्च उपलब्ध गराउँदै आएको छ ।