भारतमा हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८६ हजार

काठमाडौं । भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८६ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ८६ हजार ७५२ संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा हालसम्म ५४ लाख ६१९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ९२ हजार ६०५ जनामा कोरोना पुष्टि भएको छ ।

सोही अवधीमा १ हजार १३३ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।