विश्वमा कोरोनाले ९ लाख ५४ हजारको मृत्यु

काठमाडौं । कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ५४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ५४ हजार ४१७ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ४ हजार ८०० संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।