कोरोना अपडेट : देशभर थप ११५४ जनामा कोरोना संक्रमण

कुल संक्रमितको संख्या ६५ हजार २७६

काठमाडौं । पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५३३ नमुना परीक्षण गर्दा ४१८ महिला, ७३६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ भने ४७ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १००५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६७४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना छन् ।

यस्तै मोरङका १०७ जना, सप्तरीका ४७, कैलालीका ३७, रौतहटका २९, सुर्खेतका २८, नवलपरासीका २४, कास्की र रुपन्देहीका १८-१८ जना, बझाङका १६, महोत्तरीका १४, सुनसरीका ११, काभ्रे र बाँकेका १०-१० जना तथा कपिलवस्तु, रुकुम पूर्व र दैलेखका ९÷९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७-७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५–५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४-४ जना, दोलखा, मकवानपुर र अछामका ३-३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २–२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १–१ जनामा पनि संक्रमण देखिएको छ ।