नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोजमा १९ गते हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते हुने भएको छ ।

सोमवार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै असोज १९ गते दिउँसो दुई बजे केन्द्रीय समितिको बैठक बस्ने बताएको हो ।

उक्त बैठकमा कांग्रेसको १४ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।

साथै विज्ञप्तिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थित हुनका लागि अनुरोध समेत गरिएको छ ।

बैठकमा सहभागी हुन पीसीआर परीक्षण गराउनुपर्ने पनि जनाइएको छ ।

त्यसका लागि कांग्रेसले असोज १५ गते पीसीआर परीक्षण गराउनेछ । उक्त परीक्षण बिहान ११ बजेदेखि ३ बजेसम्म गराउने पनि विज्ञप्तिमार्फत जनाइएको छ ।