हराएको लाइसेन्सको आवेदन अनलाइनबाटै दिन सकिने

काठमाडौं । ट्राफिक प्रहरीले हराएको सवारी चालक अनुमति पत्र अनलाइन आवेदनका आधारमा दिने व्यवस्था गरेको छ ।

महाशाखाले घरबाटै अनलाइन फाराम भरेर सेवाग्रहीले चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन सकिने व्यवस्था गरेको हो ।

ट्राफिक महाशाखाले थप प्रविधिमैत्री र सेवाग्राहीलाई सहज बनाउनका लागि अनलाइन फाराम भर्न मिल्ने व्यवस्था मिलाएको हो ।

सिफारिस लिनका लागि ट्राफिक प्रहरीको वेबसाइटमा गएर फाराम भर्न सक्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । उनका अनुसार महाशाखामा दैनिक २ सयको संख्यामा सिफारिसका लागि आवेदन दिन सेवाग्राही आउने गर्छन् ।

अनलाइन सिफारिस फारामका लागि वेबसाइटमा रहेको लस्ट डकुमेन्ट एप्लिकेसनमा गएर फाराम भर्न सकिने व्यवस्था छ ।