एकैदिन कोरोना संक्रमणबाट थप २ को मृत्यु

मृतकको संख्या ४२९ पुग्यो

काठमाडौँ । कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउने काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला छन् ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।  आज थप १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । आज थप २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् ।

संक्रमित ८२३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा ४८ हजार ६१ जनाले कोरोना जितेका छन् ।

यसअघि हिजो १६ जनाको मृत्यु पुष्टि भएको थियो । १ हजार १५४ जना कोरोना संक्रमित थपिँदा १ हजार ५ जनाले कोरोनालाई जितेका थिए ।