डा.गोविन्द केसीमाथि गरेको अपमानजनक व्यवहार निन्दनीय : गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सरकारले सत्याग्रही डा.गोविन्द केसीमाथि गरेको अपमानजनक व्यवहार निन्दनीय भएको बताएका छन् ।

केहीबेर अघि ट्‌विट गर्दै उनले सरकारले सत्याग्रहीमाथि दुर्व्यवहारको पराकाष्टा गरेको बताएका छन् । “सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाइँदैन । तर, अनसनरत डा। गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ ।

क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ,” थापाले लेखेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज जान लाग्दा डा. केसीलाई प्रहरीले जबरजस्ती रोकेर ट्रमा सेन्टर लगेको थियो ।