अमेरिकामा थप ३५ हजारमा कोरोना संक्रमण

काठमाडौं । अमेरिकामा थप ३५ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार ३५ हजार ६९६ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ९७ हजार ९३७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४३ लाख ४६ हजार ११० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ४६ हजार ३५६ जनामध्ये १४ हजार ५९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बुधबार थप ९६९ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख ५ हजार ४७१ पुगेको हो ।