विश्वभर ३ करोड ११ लाख कोरोना संक्रमित

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ११ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २२ हजार २५६ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ६२ हजार ६१३ संक्रमितको मृत्यु भइसकेको छ ।