२४ घन्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

मृतकको संख्या ४३६ पुग्यो

काठमाडौँ । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको जनाएको छ ।

त्यस्तै १ हजार १७२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्‍या ६७ हजार ८०४ पुगेको छ ।

आज १ हजार ८९३ जनाले कोरोनालाई जितेका छन् ।

यसअघि मंगलबार २ जनाको मृत्यु पुष्टि भएको थियो ।

त्यस्तै १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबारसम्म १८ हजार १४२ आइसोलेसनमा थिए भने ७ हजार १७१ जना क्वारेन्टिनमा थिए ।