उपत्यका कोरोना अपडेट : थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । २४ घण्टाको अवधिमा काठमाडौँ जिल्लामा ४९२ सहित उपत्यकामा ६३७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६८ महिला र ३२४ पुरुषसिहत ४९२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा ४७ महिला र ४८ पुरुषसहित ९५ संक्रमित थपिएका छन् । ललितपुरमा २६ महिला र २४ पुरुषसहित ५० जना संक्रमित थपिएका छन् ।