नेपाल वायुसेवा निगमको ९ उडान गन्तव्य तालिका सार्वजनिक

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ९ गन्तव्यमा नियमित सेवा प्रारम्भ गरेको छ ।

नियमित उडान सेवा थालिएका गन्तव्यमा भोजपुर, दाङ्ग, ताप्लेजुङ्ग, खानीडाँडा, रुकुम, नेपालगञ्‍ज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन् । त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगंज, नेपालगञ्‍ज–जुम्ला, जुम्ला–नेपालगञ्‍ज, नेपालगञ्‍ज–रुकुम, नेपालगञ्‍ज–बाजुरा र बाजुरा–नेपालगञ्‍जका लागि पनि उडान निर्धारण गरिएको निगमले जनाएको छ ।

यात्रुको चाप र मागलाई ध्यानमा राखी गन्तव्य हेरेर हप्ताको ३ दिन, २ दिन उडान तालिका निर्धारण गरेको निगमले जनाएको छ ।

उडानका लागि नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य सम्वन्धी मापदण्डलाई आधार मानिएको निगमले जनाएको छ ।