१४२ नेपाली फर्किए नेपाल

काठमाडौं । कोरोनाको कारण बहराइनमा समस्यामा परेका १४२ जना नेपाली बुधवार नेपाल आइपुगेका छन् ।

यस्तै बहराइनमा मृत्यु भएका २ जना नेपालीको शव पनि बुधबार भएको उडान मार्फत स्वदेश पठाइएको दूतावासले विज्ञीतीमार्फत जनाएको छ ।

हाल सम्म बहराइनको मानमाबाट ९ वटा चार्टर उडानबाट १२ सय ७५ जना नेपाली स्वदेश आइपुगेका छन् ।

यस्तै बिदामा नेपाल फर्किएका कोभिड–१९ संक्रमण पश्चात अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भई कार्यस्थलमा फर्किन असमर्थ भएकाहरू मध्ये १ सय २६ जना नेपाली सोही उडानमार्फत बहराइन फर्किएका छन् ।

यससँगै बहराइनमा रोजगारिमा फर्कनेको संख्या २ सय ७१ पुगेको दूतावासले जनाएको छ ।