प्रदेश १ मा ६ हजार कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मो कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ ।

बिहीबार थप ११४ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित मध्ये २ हजार ६१९ जना संक्रमण मुक्त भएका छन् ।

प्रदेश १ मा रहेका ६ हजार ६४ संक्रमित मध्ये ५७ जनाको मृत्यु भएको छ । ३ हजार ३८८ सक्रिय संक्रमित छन् । प्रदेश १ मा १ लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १र१ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । जसमा ३६ महिला र ३५ पुरुष छन् । मोरङको बुढीगंगामा २ महिला र ४ पुरुष, सुन्दरहरैचामा २ महिला र २ पुरुष, कटहरीमा २ पुरुष, पथरी शनिश्चरेमा १ महिला , सुनबर्षी र धनपालथानका १र१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ४ महिला र ९ पुरुष, दुहवीमा १ महिला र ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको विर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १–१ जना पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।