प्रदेश २ मा कोरोना संक्रमणको कारण एकजनाको मृत्यु

जनकपुर । सप्तरीमा कोरोना लागेका एक जनाको बिहीबार मृत्यु भएको छ ।

राजविराज नगरपालिका घर भएका ६६ वर्षीय पुरुषको कोरोना लागेर मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो ।

प्रदेशका विभिन्‍न जिल्लामा ४३ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

धनुषामा पाँच जना, महोत्तरीमा दुई जना, सिरहाका पाँच जना, बाराका पाँच जना, पर्साका १४ जना, सर्लाहीका दुई जना र सप्तरीका १० जनालाई कोरोना संक्रमण भएको हो ।