सनराइज बैंकको काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने

राष्ट्र बैंकमा पुग्यो सनराइज बैंकको आन्तरिक विवाद | YesKhabar

काठमाडौं । सनराइज बैंकले बैंकका काउन्टरमार्फत् नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ ।

चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो । यस सेवाको सुरुवातसँगै अबदेखि बैंकमा खाता हुने सबै ग्राहकले मोबाइल बैंकिङ एप्लिकेसन ‘सनराइज स्मार्ट’ प्रयोग गरी बैंकका काउन्टरमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद पाउनेछन् ।

यो सेवामार्फत् प्रयोगकर्ताले बैंकको शाखामा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैयाँ र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् । पेपरलेस बैंकिङतर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।