सौगात र शिवलाई लिएर आकाशले गरे नयाँ फिल्म निर्माणको घोषणा

काठमाडौं । निर्देशक आकाश अधिकारीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जालमार्फत फिल्म निर्माणको घोषणा गर्दै केही कलाकार समेत तय गरेको बताएका हुन् ।

यद्यपि फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका अधिकारीले निर्देशन गर्ने फिल्ममा कलाकार शिव श्रेष्ठ, सौगात मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतको अभिनय रहनेछ ।

फिल्मको कथा अधिकारी आफैले लेखेका हुन् । उनका अनुसार फिल्म सस्पेन्स थ्रीलर जानरामा निर्माण हुनेछ । द स्काई मुभिजको ब्यानरमा निर्माण हुने यो फिल्मको पटकथा विजय उप्रेती, विजय प्रकाश श्रेष्ठ र सजल लोप्चनले तयार पारेका छन् ।

यस्तै फिल्ममा आफ्नो समेत अभिनय रहने निर्देशक अधिकारीले जनाएका छन् । फिलान जवराज कृष्ण थापाको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।