२४ घण्टामा विश्वमा २ लाख ९८ हजारमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ९८ हजार ८५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो अघिल्लो दिनको तुलनाका निकै धेरै हो ।

अघिल्लो २४ घण्टामा २ लाख ५२ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विश्वमा हालसम्म ९ लाख ७३ हजार ६५३ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।

पछिलो २४ घण्टामा ५ हजार ९१८ संक्रमितको मृत्यु भएको छ ।

संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार ३०८ पुगेको छ ।