सुपर कपको उपाधि बायर्नलाई

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २–१ गोलले पराजति गर्दै बायर्नले सुपर कपको उपाधि जितेको हो ।

गत सिजनको च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच सुपर कपको रुपमा भिडन्त भएको थियो । हंगेरिको पुस्कार अरिनामा भएको खेलमा बायर्नको जितका लागि लेओन गोरेट्ज्का र जाभि मार्टिनेजले एक एक गोल गरे भने सेभियाका लुकास ओकाम्पोसले एक गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने सेभियाले लिएको थियो । खेलको १२ औं मिनेटमा बायर्नका डिफेन्डर डेभिड अलाबाले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि पाएको पेनाल्टीमा सेभियाका लुकासले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । तर, ३४ औं मिनेटमा लेओनले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले रोबेर्ट लेवान्डोवस्कीको पासमा गोल गर्दैै पहिलो हाफमा खेल १–१ को बराबरीमा ल्याएका थिए ।

त्यसपछि निर्धारित ९० मिनेटको समयमा खेल १–१ को बरारबीमा सकिएपछि खेलमा अतिरिक्त थप गरिएको थियो । अतिरिक्त समयमो बार्यनले गोल गर्दै उपाधि जितेको हो । ९९ औं मिनेटमा लुकास हेर्नान्डेजको स्थानमा मैदान छिरेका मिडफिल्डर मार्टिनेजले त्यसको पाँच मिनेट नबित्दै गोल गरेपछि बायर्न २–१ ले विजयी भएको थियो । गत सिजन बायर्नले दुई घरेलु तथा एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सेभियाले भने सर्वाधिक १३ औं युरोपा लिगको उपाधि जितेको थियो ।